November 29, 2021 मंसिर १३ , २०७८

एउटी अश्वेत पत्रकारले जसले यसरी बदलिन अमेरिकी समाज

एउटी अश्वेत पत्रकारले जसले यसरी बदलिन अमेरिकी समाज

न्युयोर्क (एजेन्सी) । अमेरिकी समाज जातीय रुपमा बिखण्डित भइरहेको बेला डोरोदाय बट्लर गिलामले ६ दशकअघि एउटा अश्वेत महिला पत्रकारको ‘करिअर’ सुरु गरेकी थिइन । गोरा मानिसको दुनियाँमा आफ्नो सफल करिअर बनाउन कति संघर्ष गर्नुपर्यो भन्ने बारेमा उनी हालै बिबीसीसँग खुलेकी छिन् । अश्वेत पत्रकारको रुपमा अमेरिकी प्रतिष्ठित पत्रिका वासिंगटन पोस्टमा काम गर्दा तत्कालिन समाज रुपान्तरणमा गर्नु परेको संघर्षबारे गिलामले अनुभव साटेकी हुन् ।

यसरी सुरु भयो करिअर

कलेज सुरु गर्ने बित्तिकै गिलामी अकस्मात पत्रकारितातर्फ होमिइन । उनी तत्कालै अश्वेतहरुको पत्रिका लुइजभाईल डिफेन्डरमा आबद्ध भइन् । एक दिन सो पत्रिकाका सम्पादक बिरामी परेछन् । उनको काम पनि गिलामले हेर्नु परेछ । उनको प्रस्तुतीले सम्पादक खुसी भए । सम्पादकले भोलिपल्टैे गिलामलाई केन्टुकी सहरको अश्वेत समाजबारे रिपोर्ट गर्ने जिम्मा दिए । उनी चकित परिन् । ‘त्यो एउटा अप्रत्याशित अनुभव थियो । त्यसपछि मैले पत्रकारितालाई एउटा पेसाको रुपमा देखे । किनकी यसले मलाई बाहिरी दुनियाँसम्म एक्सपोज गराउन सक्थ्यो ।’, उनी भन्छिन् । कलेज सकेपछि उनले अश्वेतसँग सम्बन्धित त्यतिबेलाका चर्चित म्यागेजिनहरु जेट र इबोनीमा काम गर्न थालिन् । तर, उनको महत्वकाक्षा दैनिक पत्रिकामा आबद्ध हुनु थियो । उनी न्युयोर्कको कोलम्बिया युनिर्भसिटीमा पत्रकारितासम्बन्धी तालिम लिने अवसर पाइन । केबल अफ्रिकी मुलका अमेरिकी विद्यार्थी मात्र सो तालिम लिन पाउथे । र, उनले २४ वर्षको उमेरमै वासिंगटन पोस्टमा काम पाइन् ।

वासिंगटन पोस्टमा अफ्रिकी मूलको पहिलो अमेरिकी महिला पत्रकार हुँदा सडकदेखि न्युजरुमसम्म उनीसामू चुनौतीका पहाड खडा भएका थिए । सडकमा उनलाई ट्याक्सीले रोक्दैनथ्यो । उनी स्टेशनमा उभिदा चालक बिस्तारै गुड्थे । जब चालकले उनको कालो खैरो अनुहार देख्थे तब एक्सिलेटर दबाएर भाग्थे

चुनौती नै चुनौती

पोस्टको अफ्रिकी मूलकी पहिलो अमेरिकी महिला पत्रकार हुनु निश्चिय नै चुनौतीपूर्ण थियो । सडकदेखि न्युजरुमसँग उनका चुनौती थिए । ट्याक्सीले उनलाई रोक्दैनथ्यो । ‘म स्टेशनमा उभिँदा चालकहरुले बिस्तारै चलाउथे । मेरो कालो खैरो अनुहार देखेपछि चालक एक्सिलेटर दबाएर भाग्थे ।’ उनी पत्रकार हुन भन्नेमा अमेरिकीलाई विश्वास नै लागेको थिएन । समचार कक्षामा पनि उनीमाथि जातीय बिभेद हुन्थ्यो । ‘मैले काम गर्दा पोस्टमा केही पुराना सम्पादक थिए ।’ एउटा सम्पादकले त उनलाई यस्तो म्म भनेका थिए, ‘हामीले अश्वेतको हत्यालाई समाचारमा कभर गर्न सक्दैनौ किनकी ती सस्ता मृत्यु हुन् । ’ पोस्टका सहकर्मीको धारणाले उनलाई पत्रिका छोडदिउ जस्तो लाग्यो । तर अर्को मनले आफू त्यही काम गर्न सकियो भने मानिसहरुको धारणा परिवर्तन गर्न सकिन्छ भन्ने सोच पलायो ।

काम गर्ने सिलसिलामा उनलाई धेरै पिडा भयो । उनले कहिलेकाही पूर्व अश्वेत सहकर्मीसँग समेत सहयोग मागिन् । ‘समाचारकक्षामा कोही कोहीले उनलाई ‘हेलो’, ‘हाई’ भन्थे तर बाहिर निस्कदा तिनै व्यक्तिले नचिनेको जस्तो ब्याबहार गर्थे । ‘मलाई निकै आत्मग्लानी हुन्थ्यो । अरु गोरा मानिसका अगाडि उनीहरुलाई अश्वेतसँग बोल्न असजिलो लाग्दो रहेछ ।’ उनी भन्छिन् । तर, सम्पादकहरुसँग सामना गरेको चुनौतीबारे उनले बहस गरिनन् । गुनासो गरिन भने पोस्टले अन्य अश्वेत पत्रकार लिदैन भन्ने उनलाई राम्रै हेक्का थियो ।

समाचारकक्षामा केहीले उनलाई ‘हेलो’, ‘हाई’ भन्थे, तर बाहिर निस्कदा तिनै व्यक्तिले नचिनेको जस्तो गर्थे

कार्यलयदेखि होटलसम्म बिभेदै बिभेद
अश्वेत महिलाको रुपमा सन् १९६० सम्म गिलामलाई सहकर्मीसँग लन्च जान समेत समस्या थियो । गिलाम त्यस्तो समाजमा हुर्किन जहाँ गोराहरुले कालालाई चरम बिभेद गर्थे । अश्वेतलाई मतदान, अध्ययन र रोजगारीका अवसरमा समेत प्रतिबन्ध थियो । वासिंगटनका रेस्टुरेन्टहरुमा समेत चरम बिभेद थियो । वासिंगटन पोस्टको कार्यलयले अफ्रिकी मुलका अमेरिकीलाई खानेकुरा दिदैनथ्यो । उनी आफूलाई सुविधा हुने ठाँउमा टाढाको क्यान्टिमा जान्थिन् । उनले नयाँ ढंगबाट अश्वेतका समाचार पोस्टलाई दिन्थिन् । मिसिसिपीमा रहँदा उनलार्ई गोराहरुको होटलमा जान अनुमति दिइएन । उनी अश्वेतहरुलाई दाहासंस्कार गर्ने गृहमा बस्थिन । ‘म लाशसँगै सुत्थे,’ ‘समाचार पाउनका लागि तपाईले जे पनि गर्नुहुन्छ । ’ उनी भन्छिन् ।

सकरात्मक समाचारमा जोड

अश्वेतहरुको आवाज कसैले नसुनिदा मूलधारका पत्रपत्रिकामा अफ्रिकी मुलका अमेरिकीको नकरात्मक विवरण आइरहेका बेला उनले सकरात्मक समाचारलाई ध्यान दिइन । ‘अश्वेतबारे नकरात्मक समाचारको सट्टा सम्पूर्ण विवरण वासिंगटन पोस्टलाई दिन्थे ।’ उनी भन्छिन् । सन् १९६२ मा युनिर्भसिटी अफ मिसिसिपीको समायोजन, नागरिक अधिकारलगायतका विषयमा उनले रिपोर्ट गरिन् । समायोजनअघि एक अश्वेत विद्यार्थीलाई भर्ना गर्दा सो विश्वविद्यालयमा दंगा भड्किएको थियो । उनले अश्वेतबारे सकरात्मक धारणा राख्ने गोराहरुका समाचार र अश्वेतका सकरात्मक पक्षलाई मुख्य प्राथमिकता दिइन् । साहसी र आशाबादी मान्छेका कथा निरन्तर लेख्न थालिन् । जब उनले गोरा पत्रकारले तयार पारेको समाचार पाउथिन त्यहाँ अश्वेतहरुलाई डरलाग्दो व्यक्तिको रुपमा चित्रण गरेको ह्ुन्थ्यो । तर, त्यस्ता चित्रणलाई उनले बिस्तारै बदल्न थालिन् ।

मिसिसिपीमा रहँदा उनलार्ई गोराको होटलमा जान अनुमति थिएन । उनी अश्वेतको दाहासंस्कार गृहमा लाशसँगै सुतेर रात बिताउथिन । समाचारका लागि उनी जस्तो सुकै चुनौती सामना गर्थिन्

अतिथि हुन जाँदा यस्तो बेइज्यत
वासिंगटन पोस्टमा काम गर्दा गर्दै एक दिन गिलामलाई एक धनाढ्य महिलाको जन्मदिनमा सहभागी हुने अवसर मिल्यो । तर, महिलाको घरको मुख्य द्धारमा बसेका पालेले उनलाई अबरोध गर्दै भन्यो, ‘घरमा काम गर्ने महिलाको लागि अर्को प्रवेशद्धारको ब्यबस्था छ ।’ अश्वेत देखेर पालेले उनलाई घरमा काम गर्ने महिला सोच्यो । ‘म कामदार होइन, वासिंगटन पोस्टको पत्रकार हुँ’ तत्कालै उनले जबाफ फर्काइन् । सो पत्रिकाका लागि रिर्पोट गर्ने गिलाम पहिलो अफ्रिकी मुलकी अमेरिकी थिइन । सन् १९६१ मा पोस्टमा काम सुरु गरेकी उनी पछिल्ला तीन दशकसम्म सम्पादक र स्तम्भकर बनिन् । अमेरिकी समाज र सञ्चार माध्यममा आएको एउटा परिवर्तनको एउटा साक्षी बनिन् ।

पोस्टको स्तरम्भकार

तेस्रो सन्तान भएपछि अन्ततः गिलाम सन् १९६० को दशकमा पोस्ट छोडिन् । केही समयपछि पत्रिकाले उनलाई ‘पार्ट टाइम’ गर्न सुझाब दियो । उनले साताको चार दिन काम गर्न थालिन् । सन् १९७२ मा पत्रिकाले उनलाई सहायक सम्पादकको रुपमा ‘स्टाइल सेक्सन’मा काम गर्न पु्नः बोलायो । वास्तबमा उनलाई स्टाइल सेक्सन औधी मन परेको थियो । ‘अश्वेतको संस्कृतिलाई स्टाइलमा प्रस्तुत गर्न पाउँदा निकै रमाइलो लाग्थ्योे’, उनी भन्छिन् । सो भूमिकामा काम गर्ने सिलसिलामा उनले अश्वेतहरुको अनुभव लेख्ने व्यक्ति र पत्रकार छनौट गरिन् । सन् १९७९ मा उनी पोस्टको स्तम्भकार बनिन् । उनले शिक्षा, राजनीति, संस्कृति जस्ता विषयमा केन्द्रित रहेर कलम चलाइन् । सन् २००३ मा उनी पोस्टबाट सेवानिबृत्त भइन् । झण्डै ५० वर्ष लामो पत्रकारिताको करिअरमा गिलामले बिबिधतालाई ध्यान दिइन् ।