काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अपराह्न ४ बजे सुरु हुनेछ ।
६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । तालिकाको चौथो स्थानको लुम्बिनीले ६ खेल खेल्दा तीन जित र तीन हारसहित ६ अंक नै जोडेको छ ।
शुक्रबारको एकमात्र खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध जित निकाले लुम्बिनी प्रतियोगिताको प्लेअफ पुग्ने चौथो टिम बन्नेछ ।
लुम्बिनीले हार व्यहोरेमा तालिकाको चौथो हुने टिमले ६ अंकसहित प्लेअफमा स्थान बनाउनेछ ।
पाँचौँ र छैटौँ स्थानमा क्रमशः रहेका पोखरा एभेन्जर्स र चितवन राइनोजले समान चार अंक जोडेको छन् ।
लिग चरणको आफ्नो अन्तिम खेलमा पोखराले चितवनविरुद्ध नै खेल्ने तालिका छ ।
यदि, शुक्रबारको खेलमा लुम्बिनी पराजित भए चितवन र पोखराबीचको खेलमा जित निकाल्ने टिम प्लेअफ पुग्ने सम्भावना प्रवल छ ।


प्रतिक्रिया