बुढानीलकण्ठ जाँदा प्रचण्ड सिकिस्त

बुढानीलकण्ठ जाँदा प्रचण्ड सिकिस्त



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले बिरामी छन् । रुघाखोकी, ज्वरोले उनको स्वास्थ्यमा समस्या छ ।

प्रचण्डमा देखिएको रुघाखोकी र ज्वरोपछि कोरोना परीक्षण गरिएको थियो । कोरोना रिपोर्ट भने नेगेटिभ आएको प्रचण्डपुत्री गंगा दाहालले जानकारी दिएकी छन् ।

गत बुधवार प्रचण्ड बुढानीलकण्ठस्थित एक व्यापारीको घरमा पुगेका थिए । उनी त्यतै बसेका थिए । प्रचण्डलाई त्यहाँ पुर्याउने काम पूर्वराज्यमन्त्री समेत रहेका लारक्याल लामाले गरेका हुन् ।

बुढानीलकण्ठस्थित श्रेष्ठ थरका व्यापारीको निजी निवासमा प्रचण्ड पुगेका थिए । उनीहरु त्यहाँ पुग्दा प्रहरीले समेत सुरक्षा दिएको थियो । त्यहाँको मौसम केही चिसो थियो । मौसम धुम्मिएको थियो । अहिले रुघाखोकी र ज्वरो आउनुका कारण सोही दिनको चिसो रहेको अनुमान प्रचण्डको सचिवालयको छ ।

प्रचण्ड र लारक्यालबीचको सम्वन्ध अत्यन्त घनिष्ठ छ । सोही सम्वन्धका कारण लारक्यालकै आग्रहमा प्रचण्ड बुढानीलकण्ठ पुगेको स्रोतको भनाइ छ ।

उनले फेसबुकमा लेखेकी छन्, ‘देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ। अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आए संगै अहिले अवश्था सामान्य रहेको छ।’