जापानले पठाएको ५ लाख ५९ हजार एस्ट्राजेन खोप आज आउने

जापानले पठाएको ५ लाख ५९ हजार एस्ट्राजेन खोप आज आउने



काठमाडौं । जापानले अनुदानमा पठाएको कोरोनाविरुद्धको ५ लाख ५९ हजार मात्रा खोप आज नेपाल आउने भएको छ । जापानले अनुदानमा दिएको एस्ट्राजेनका खोप नेपाल आउन लागेको हो । यसअघि गत शनिबार २ लाख ८ हजार ७ सय मात्रा खोप जापानबाट नेपाल आएको थियो ।

जापानले आज र अस्ति उपलब्ध गराएको एस्ट्राजेनेका खोप प्रदेश १ र २ का ६५ वर्ष माथिका कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकाहरूलाई उपलब्ध गराउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको खोप महाशाखाका प्रमुख झलक शर्मा गौतमले जानकारी दिए । जापानले १६ लाख १४ हजार ७ सय ४० मात्रा एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा यसअघि नै गरेको थियो ।