नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको धर्ना

नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको धर्ना



काठमाडौँ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले काँग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका छन् । सदस्यताको सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समय सीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् ।

नेपाली काँग्रेसको नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि साङ्केतिक रुपमा एक घण्टा मात्रै धर्ना दिने बताए । केसीले माग सम्बोधन नभए धर्ना जारी रहने बताएका छन् । ‘जबसम्म वेबसाइटमा सदस्यता सार्वजनिक गरिँदैन, जबसम्म जिल्ला सभापतिहरुको उम्मेदवारी एकरुपता हुँदैन र सच्याउने मौका पाइँदैन तबसम्म हाम्रो धर्ना कार्यक्रम जारी रहन्छ,’ केसीले भने । क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनु परेको उनले बताए ।