नेकपा माओवादीको प्रवक्तामा महरा

नेकपा माओवादीको प्रवक्तामा महरा



काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ । त्यस्तै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी समेत महरालाई दिइएको छ । माओवादीले भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको परिपत्रमा महरालाई जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।

फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुनः अस्तित्वमा ल्याइदिएपछि नेता नारायणकाजी श्रेष्ठले माओवादीमा प्रवक्ताको भूमिका निर्वाह गदै आएका थिए । पछिल्लो समय श्रेष्ठले प्रवक्ताको भूमिकाबाट अलग हुन चाहेको बताउदै आएका थिए ।