माधव नेपालको पार्टीलाई मान्यता, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा

माधव नेपालको पार्टीलाई मान्यता, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा



काठमाडौं, ९ भदौ । निर्वाचन आयोगले माधवकुमार नेपालको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गरेको छ । एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए । नेपालको पार्टीको केन्द्रीय कार्यालय नया बानेश्वर तोकिएको छ ।