आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । औपचारिक रुपमा एमाले विभाजन भएपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

हिजो वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको थियो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकले स्थायी कमिटी बैठकले गरेका प्रस्ताव अनुमोदन गर्ने तयारी छ । यस्तै विभिन्न कार्ययोजना पारित हुने उनले जानकारी दिए । यसअघि अस्ति मंगलबार एमाले स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले एमाले एकताका लागि १० बुँदे सहमति कार्यान्वयन गर्दै राष्ट्रिय सम्मेलन मङसीरमा गर्ने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले बताए ।