काङ्ग्रेस १४ औं महाधिवेशनः ३८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक, ताेकिए निर्वाचन अधिकृत

काङ्ग्रेस १४ औं महाधिवेशनः ३८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक, ताेकिए निर्वाचन अधिकृत



काठमाडौं । नेपाली काङ्ग्रेस १४ औं महाधिवेशनकालागि ३८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छ भने बाँकी ३९ जिल्लाको पनि काम अन्तिम चरणमा पुगेको छ । अहिले ३८ जिल्लाको सूची निर्वाचन समितिले बुझेर काङ्ग्रेसको वेबसाइटमा प्रकाशित भइसकेको छ।

निर्वाचन समितिकाअनुसार क्रियाशील सदस्यताको सूची सार्वजनिक भएसँगै भदौ १८ गते वडा अधिवेशन गर्न काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको हो। निर्वाचन अधिकृतहरुलाई हिजो प्रशिक्षण पनि दिइएको थियो। निर्वाचन अधिकृतहरु आजबाट पत्र लिएर जिल्लामा जानेक्रम शुरु भएको छ । काङ्ग्रेसले अधिकांश ठाउँमा कानुन व्यवसायीहरूलाई निर्वाचन अधिकृत बनाएको छ भने केही ठाउँमा प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधिलाई पनि जिम्मेवारी दिइएको छ।

प्रदेश १

प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु,, ओखलढुंगा, उदयपुर, झापाको क्रियाशील सदस्यता सूचि निर्वाचन समितिले बुझेको छ।

ताप्लेजुङमा तिलक पाण्डे, पाँचथरमा मदन खड्का, संखुवासभामा भरतराज उपाध्याय, तेह्रथुममा लक्ष्मणलाल रञ्जित, खोटाङमा विकास भट्टराई, सोलुखुम्बुमा कैलाश गुरुङ, ओखलढुंगामा कीर्तिनाथ शर्मा, उदयपुरमा खुसीराज गौतम र झापामा सुवोधबाबु चिलवाल निर्वाचन अधिकृत तोकिएका छन्।

प्रदेश २

प्रदेश २ मा कुनै पनि जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक भएको छैन।

वाग्मती

वाग्मती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली र भक्तपुरको सदस्यता सूची बुझाइएको छ। दोलखामा चक्रबहादुर थापा, रामेछापमा विष्णु लुइटेल, सिन्धुलीमा लेखतबहादुर खड्का र भक्तपुर मुकुन्द शर्मा पौडेल जिल्ला निर्वाचन अधिकृत तोकिएका छन्।

गण्डकी

गण्डकी प्रदेशमा क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका जिल्लाहरु गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याञ्जा, म्याग्दी र नवलपुरको रहेको छ। लमजुङमा थानेश्वर दवाडी, तनहुँमा फणिन्द्र कोइराला, मनाङमा वसन्त रिमाल, मुस्ताङमा शिवराज वाग्ले, पर्वतमा विश्वास आचार्य, म्याग्दीमा विष्णुप्रसाद शर्मा र नवलपुरमा गोविन्द सिग्देल जिल्ला निर्वाचन अधिकृत तोकिएका छन्।

लुम्बिनी

लुम्बिनी प्रदेशमा नवलपरासीमा बाबुराम पाण्डे, रुपन्देहीमा भूमिश्वर गौतम, रुकुम पूर्वमा इश्वरीप्रसाद ज्ञवाली निर्वाचन अधिकृत तोकिएका छन्।

कर्णाली

कर्णाली प्रदेशमा रुकुम पश्चिममा मुक्ति आचार्य, मुगुमा नरेन्द्रबहादुर सिंह, जाजरकोटमा सूर्यबहादुर बस्नेत र दैलेखमा विवस बस्नेत जिल्ला निर्वाचन अधिकृत तोकिएका छन्।

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा बझाङमा चेतराज भट्ट, डोटीमा ठेकेन्द्रराज जोशी, दार्चुलामा देवराज अवस्थी, बैतडीमा पुष्पराज जोशी, कञ्चनपुरमा भरतबहादुर सिंह, अछाममा देवराज भट्ट, कैलालीमा टेकप्रसाद सुवेदी र डडेलधुरामा लोकेन्द्रबहादुर बम निर्वाचन अधिकृत तोकिएका छन्।

काङ्ग्रेसले १४ औं महाधिवेशनका लागि यसपटक ९ लाखभन्दा बढी क्रियाशील सदस्य बनाएको छ जसमध्ये करिब ५० हजार विदेशस्थित जनसम्पर्क समितिका छन्।