‘पात खस्दैमा नयाँ पालुवा उम्रिन रोकिँदैन’

‘पात खस्दैमा नयाँ पालुवा उम्रिन रोकिँदैन’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिएका छन् । शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले फुटेको नभइ केही विग्रिएका मान्छेहरुले छाडेको बताए ।

नव गठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका ओलीले भने ‘रुखबाट केही पातहरु खस्दैमा नयाँ पालुवा उम्रिन रोकिँदैन । पालुवाहरु पलाइरहेका छन्।’

‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भए पनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’

उनले महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खनेको बताए । माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिँदै उनले भने, ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भए पनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’

ओलीले माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको आरोप समेत लगाए । त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने ओलीको भनाई छ । उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ । बुझाउन खोज्यौं । मैले बिसौपटक फोन गरेँ । जहाँ जहाँ भन्यो त्यहीँ धाएर भेटेँ । नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन । एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन।’