‘लोसपा अहिले सरकारमा सहभागी हुने संभावना छैन’

‘लोसपा अहिले सरकारमा सहभागी हुने संभावना छैन’



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने संभावना नरहेको बताए ।

एउटा निजी क्षेत्रको टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै महतले अहिले उक्त पार्टी सरकारमा आउने संभावना नरहेको बताए ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागीताबारे प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गर्न चाहे आफूहरु तयार रहेको बताएको अर्को दिन कांग्रेस सहमहामन्त्री महतको प्रतिक्रिया आएको हो ।

सहमहामन्त्री महतले लोसपासँग अरु विषयमा भने सहकार्य हुन सक्ने बताए ।