प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो ।

करिब २० मिनेटजति भएको छलफल सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्डनिकट स्रोतले बतायो । नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने भनिए पनि अझै टुंगो लागिसकेको छैन ।

निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ । त्यसैले भदौ २२ पछि मात्रै मन्त्रिपरिषद्लाई पूर्वाता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।