वरिष्ठ नेता पौडेलको भिडियो सन्देश- ‘आत्माको पुकार सुनेर निर्णय लिनुस्’

वरिष्ठ नेता पौडेलको भिडियो सन्देश- ‘आत्माको पुकार सुनेर निर्णय लिनुस्’



काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत कार्यकर्ताहरुलाई सही निर्णय लिन आह्वान गरेका छन् ।

पौडेलले बिहीबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै ‘कसैको दवाव र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् । पौडेलले ढिलै भएपनि महाधिवेशन भएको भन्दै महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि लोकतान्त्रप्रति निष्ठा भएको सबल नेतृत्व आवश्यक भएको बताएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भदौ १८ देखि वडा अधिवेशन सुरु हुँदैछ ।

नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै महाधिवेशनमा वडा तहबाटै सबल नेतृत्वको आवश्यकता औँल्याए । “ढिलै भएपनि १८ गतेदेखि वडा अधिवेशन सुरु हुँदै छ । नेपालको अहिलेको परिवर्तनलाई संस्थागत गर्दै लोकतन्त्रलाई साकार पार्न र नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बन्ने दिशामा काम गर्नुपर्ने छ,” पौडेलले भिडियो सन्देशमार्फत भनेका छन्,“हाम्रो पार्टीलाई सबल नेतृत्व, चिन्तनशील नेतृत्व र लोकतन्त्रप्रति निष्ठावान नेतृत्वको आवश्यकता छ । सर्वत्र देशभर नै आवश्यक छ ।