प्रदेश २ का ११ सांसद एकीकृत समाजवादीमा

प्रदेश २ का ११ सांसद एकीकृत समाजवादीमा



काठमाडौं । नेकपा एमालेका प्रदेश २ का १२ जना सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन् । संसदीय दलका नेता शत्रुधन महतोसहितका ११ सांसदले नेकपा (एस) रोजेका छन् ।

जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एमालेका सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेको महतोले जानकारी दिनुभयो । १० सांसद निर्वाचन कार्यालयमा सशरीर उपस्थित भए भने डिल्लीप्रसाद उप्रेतीले भारतको नयाँ दिल्लीबाटै सनाखत गर्नुभएको छ ।

शत्रुधन महतो, डिल्लीप्रसाद उप्रेतीसहित अशोक यादव, प्रमोद यादव, मदनसेन श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, रवीन्द्र बैठा, मञ्जु यादव, हसिना खातुन र बेचु लुङ्गेलीले एकीकृत समाजवादी रोजेका हुन् ।