पौडेल समूहमा गगन थापा पुग्नुको भित्री कथा

पौडेल समूहमा गगन थापा पुग्नुको भित्री कथा



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । आसन्न महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरिसकेका थापाले पौडेल पक्षमा औपचारिक रुपमा नै खुलाएका हुन् । नेता थापा आज भएको सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा उपस्थित भएका थिए ।

यसअघि थापा अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला समूहमा सहभागी हुने गर्थे । सिटौलाले मन्त्री छान्न डाकेको बैठकमा थापाको साथै भीमसेनदास प्रधान, उमाकान्त चौधरी पनि उपस्थित भएका थिए । उक्त बैठकमा थापाले मन्त्री बन्ने चाहना राखेका थिए । त्यसबेला चौधरीले यसपटक मन्त्री बन्ने मेरो पालो भनेपछि बैठक स्थगित भएको थियो ।

यसपछि सिटौलाले आफनो क्याम्प छाड्ने संकेत पाएका थापालाई मन्त्री नबनाउने संकेत गरे भने चौधरीलाई मन्त्री बनाउन सिटौलाले सिफारिश गरे ।

यसपछि सिटौला समूहबाट टाढिएका थापा एक्लै महामन्त्रीको उम्मेदवारी घोषणा गरे भने बिहीबार पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भए । डियासमा बस्ने सबै नेताले मास्क लगाएका थिएनन, तर गगनले कार्यक्रम अवधिभरि मास्क खोलेनन् ।

गगन शेरवहादुर देउवा सरकारमा स्वास्थ्यमन्त्री हुन चाहेका थिए । उनले यसको लागि सभापति देउवालाइ भेटन ८ जना युवा नेतालाई बोकेर बालुवाटार समेत पुगेका थिए । प्रधानमन्त्री देउवाले उनलाइ मन्त्री बनाउन चाहे पनि कृष्णप्रसाद सिटौलाले उनलाई सिफारिश गनुपर्ने थियो ।