मनाङका सबै वडामा कांग्रेस अधिवेशन सम्पन्न

मनाङका सबै वडामा कांग्रेस अधिवेशन सम्पन्न



लमजुङ । मनाङका सबै वडामा नेपाली कांग्रेसको अधिवेशन सम्पन्न भएको छ । शुक्रबारदेखि सरु भएको सत्तारुढ पार्टी नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत मनाङ जिल्ला कार्यसमितिले जिल्लाका सबै वडाहरूमा प्रतिनिधि चयन गरेको हो ।

नेपाली कांग्रेस मनाङले जिल्लाका चारवटा गाउँपालिकाका २८ वटै वडाहरूमा निर्विरोध वडा प्रतिनिधिहरू चयन गरेको हो ।

निर्वाचन सम्पन्न भएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले खुसी व्यक्त गरेका छन् । ‘पार्टीले तोकेको समयमा हामीले वडा अधिवेशन सम्पन्न गर्न सफल भएका छौँ । यसबाट देशभर एउटा राम्रो सन्देश गएको छ’, गुरुङले भने ।

गत असारमा र त्यसपछिको वर्षाका कारण मनाङ जिल्लाले भोग्नुपरेको दुःख र पीडाको असर कायमै रहेका बेलामा पार्टीले निर्धारण गरेको महाधिवेशनको कार्यतालिकाअनुसार शुक्रबार नै वडा अधिवेशन सम्पन्न भएकामा जिल्ला कार्यसमतिका अन्य पदाधिकारीले पनि खुसी व्यक्त गरेको पार्टीका जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए ।