भदौ २३ गते संघीय संसद अधिवेशन बोलाउन सिफारिस

भदौ २३ गते संघीय संसद अधिवेशन बोलाउन सिफारिस



काठमाडौं । संघीय संसदको दुवै सदन भदौ २३ गते अपरान्ह ४ बजे बोलाउने सिफारिस राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त सिफारिस गर्ने निर्णय गरेको हो । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि सापकोटा तथा सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहाल र नेकपा (एस) अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

भदौ २३ गते संघीय संसदको दुवै सदन बोलाउन राष्ट्रपति समक्ष सिफारिस भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

स्रोतका अनुसार तीनवटा कारणका लागि संसद अधिवेशन बोलाउन अनिवार्य भएको छ । अध्यायदेशलाई निष्कृय पार्न र अमेरिकासँग गरिएको एमसीसी सम्झौता पास गराउनका र रोकिएको बजेटलाई पास गर्न पनि संसद अधिवेशन अनिवार्य बनेको हो । प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्र यिनै विषयलाई छलफलको विषय बनाएका छन् । अध्यायदेश निस्कृय पार्न र एमसीसी पास गर्नकै लागि संसद् अधिवेशन बोलाउनुपर्ने प्रधानमन्त्री देउवाको जोड रहेको बुझिन्छ ।