भदाै २२ गतेपछि मात्रै मन्त्रीपरिषद् विस्तारको तयारी

भदाै २२ गतेपछि मात्रै मन्त्रीपरिषद् विस्तारको तयारी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तारकाबारेमा सत्तापक्षिय नेताहरुसँग निरन्तर छलफल गर्दै आए पनि कुनै निष्कर्ष निस्किएको छैन । अब भदाै २२ गतेपछि मात्र मन्त्रीपरिषद् विस्तार हुने भएपछि दलहरू मन्त्री छान्ने अनौपचारिक छलफलमा जुटेका छन् ।

माधबकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि मन्त्रालय र मन्त्रीको टुङ्गो लगाउने गरी छलफलमा जुटेको छ । सत्ता पक्षीय दलहरूबीचमा नै मन्त्रालयको विषयमा कुरा मिल्न नसकेपछि विवाद देखिएको छ ।

शक्तिशाली मानिएका मन्त्रालय आफ्नो पक्षमा हुनुपर्ने माग माओवादी केन्द्र, नेकपा एस तथा जनता समाजवादीले गर्न थालेपछि सरकारले पूर्णता पाउने ढिलाइ भएको नेताहरूको भनाइ छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब केही दिनमा सरकारले पूर्णता पाउने गरी छलफल भइरहेको बताएका छन् ।