भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई झाँक्रीको नयाँ प्रस्ताव

भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई झाँक्रीको नयाँ प्रस्ताव



विराटनगर । नेकपा (एस) की नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्रीले नेकपा एकीकृत समाजवादी (एस) रोजेको खण्डमा वर्तमान सरकारलाई नै निरन्तरता दिइने बताएकी छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै नेतृ झाँक्रीले नेकपा एकीकृत समाजवादीमा आए प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत जुटाउने बताइन् ।

नेतृ झाँक्रीले नयाँ दल निर्माणको प्रकृयाका लागि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आगामी भदौ २२ गतेसम्म दल छान्ने समय सीमा रहेकाले त्यसपछि केन्द्रसँगै प्रदेश सरकारमा पनि फेरबदल आउने बताइन् ।

आफूहरुका कारण सरकार विस्तारमा ढिलाई नभएको पनि उनले स्पष्ट पारिन् ।