मन्त्रिपरिषद्काे बैठकले के-के गर्याे निर्णय ?

मन्त्रिपरिषद्काे बैठकले के-के गर्याे निर्णय ?



काठमाडौ‌, २१ भदौ । सरकारले विपी कोइरालाको नाममा विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विपीका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी आर्थिक बर्ष २०७८/०७९ का लागि विभिन्न आयोजनाका लागि अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको छ । उनकाअनसार निजामति सेवा व्यवस्था बमोजिम निजामति सेवा दिवस दिन भोलि ९मंगलबार० ४० जना कर्मचारीलाई पुरस्कार वितरण गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय विकास क्षेत्रबाट विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि सहुलियतपूर्ण ऋण सहायता स्वरुप प्राप्त हुने रु ५अर्ब ५४ करोड ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापनका लागि सुधारका लागि ५ अर्ब ९४ करोड बराबरको अतरिक्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र जलवायु परिवर्तन सम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्य मुलुकमा सहभागी हुने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

दार्चुलाको ब्यास गाउँपालिकास्थित छाङरुमा स्थापना भएका नेपाल प्रहरी चौकी र शसस्त्र प्रहरी भवनका लागि ८ हजार ५०० सय क्यूफिट सल्लो प्रजातिको काठ संकलन गरि स्वीकृत प्रदान गर्ने समेत निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बजेटका सम्बन्धमा भेटेर नियम निलम्बन गरेर बजेट पास गर्ने प्रस्ताव गरेकोमा अस्विकार गरेको कार्कीले जानकारी दिए । २३ भदौदेखि सूचारु हुने संसदको अधिवेशन र आफूहरु प्रतिपक्षसँग वार्ताद्वारा बजेटका सम्बन्धमा निष्कर्षमा पुग्ने बताए ।

मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता कार्कीले मन्त्रिपरिषद्ले चाँडै नै पूर्णता पाउने बताए । ।