सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्ष बस्यौं : राजेन्द्र महतो

सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्ष बस्यौं : राजेन्द्र महतो



काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्षी दलको सिट रोजेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको उक्त पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिँदै प्रतिपक्ष दलको हैसियतमा नै प्रस्तुत हुन लागेको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

‘देउवाजीलाई विश्वासको मत दिएको भए पनि संसदमा भने हामी प्रतिपक्षको भूमिका रहने निर्णय लिएका छौँ,’ महतोले भने, ‘देउवा सरकारको गुण र दोषको आधारमा प्रतिपक्षमा बसेर लोसपाले संसदमा भूमिका निभाउने छ ।’

उनका अनुसार त्यहीँ अनुसार संसद सचिवालयलाई पनि प्रतिपक्ष दलतर्फको सिट व्यवस्थापन गर्न अनुरोध गरिएको हो । सो माग बमोजिम संसद सचिवालयले पनि लोसपालाई प्रतिपक्षीतर्फको कुर्सी व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन् ।