एमसिसी पास गर्न राष्ट्रिय एकता कायम गर्ने प्रयासमा छौंः अध्यक्ष प्रचण्ड

एमसिसी पास गर्न राष्ट्रिय एकता कायम गर्ने प्रयासमा छौंः अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले आज (शुक्रबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेको छ।

प्रचण्ड निवास ललितपुरको खुमलटारमा आज बिहान झन्डै एक घण्टा भएको भेटमा सुमारले एमसीसी परियोजना पास गरेर अघि बढ्न आग्रह गरेकी थिइन्। जवाफमा प्रचण्डले आफूहरू राष्ट्रिय एकता कायम गरी एमसीसी पास गर्ने पक्षमा रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ।

सत्तारुढ गठबन्धनमा पनि एकमत बनाएर अघि बढ्ने विषयमा आफूहरू प्रयासरत रहेको प्रचण्डको भनाइ थियो।

एमसीसी पारित हुने वातावरण बनाउन नेपाल भ्रमण रहेको फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले हिजो बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका नेताहरूसँग भेट गरेको थियो।

प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ।