गठबन्धनका नेताहरुसँग प्रधानमन्त्री देउवाले मागे मन्त्रीहरुको नाम

गठबन्धनका नेताहरुसँग प्रधानमन्त्री देउवाले मागे मन्त्रीहरुको नाम



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नामावली मागेका छन् । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्यायन आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । तर, अहिलेसम्म पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा ४ मन्त्री र एक राज्यमन्त्री मात्र छन् ।