कांग्रेस महाधिवेशन : केन्द्र र प्रदेशबाहेक सबै अधिवेशनको कार्यतालिका हेरफेर

कांग्रेस महाधिवेशन : केन्द्र र प्रदेशबाहेक सबै अधिवेशनको कार्यतालिका हेरफेर



काठमाडौं।कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर भएको छ । केन्द्र र प्रदेशबाहेक वडा, पालिका, जिल्ला अधिवेशनको कार्यतालिका हेरफेर भएको हो ।

शुक्रबार बसेको कांग्रेस पदाधिकारी बैठकमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संशोधित महाधिवेशन तालिका प्रस्ताव गरेका हुन् । पदाधिकारी बैठकमा नेता रामचन्द्र पौडेल भने उपस्थित थिएनन् ।

जसअनुसार २७ भदौको पालिका अधिवेशन ९ असोजमा, १ असोजको प्रदेश सभा क्षेत्रीय अधिवेशन १२ असोजमा, एक मात्र प्रतिनिधिसभा जिल्ला अधिवेशन ५ असोजको १५ असोजमा, एकभन्दा बढी भएका जिल्ला १० असोजको १८ गते असोजमा प्रस्ताव गरिएको कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

प्रदेश अधिवेशन १०–१२ कात्तिकमा र केन्द्रीय महाधिवेशन ९–१३ मंसिरमा हुनेछ । २० जिल्लामा रोकिएको वडा अधिवेशन ५ असोजमा हुने नेता महतले बताए ।