प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फतिमा सुमारबीच शुक्रबार भेटवार्ता भएको छ । बुधबारदेखि नेपाल भ्रमणमा रहेकी सुमारले शुक्रबार प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेकी हुन् ।

भेटका क्रममा नेपाल र अमेरिकाबीचको एमसीसी कम्प्याक्टलगायत समन्वयका क्षेत्रमा कुराकानी भएको प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । नेपालको आर्थिक रूपान्तरणका लागि अमेरिकी सहयोगका सम्भाव्यताका विषयमा पनि भेटमा कुराकानी भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।