December 08, 2021 मंसिर २२ , २०७८

सभापति देउवाद्वारा केन्द्रीय निर्वाचन संयोजक यादवको राजीनामा अस्वीकृत

सभापति देउवाद्वारा केन्द्रीय निर्वाचन संयोजक यादवको राजीनामा अस्वीकृत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको राजीनामा अस्वीकृत गरेका छन् ।

कांग्रेस सभापति देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

साथै देउवाले यादवलाई महाधिवेशनसम्बन्धी बाँकी काममा लाग्न आग्रह समेत गरेका छन् । यादवले गत २३ भदौमा सभापति देउवालाई राजीनामा बुझाएका थिए ।