आइन्दा कहिल्यै पार्टी नफुटाउने कमल थापाकाे प्रतिज्ञा

आइन्दा कहिल्यै पार्टी नफुटाउने कमल थापाकाे प्रतिज्ञा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब आइन्दा कहिल्यै पनि पार्टी नफुटाउने प्रतिज्ञा गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले गरेको कार्यक्रममा अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली कांग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताए । उनले कार्यकर्तालाई व्यक्ति र नेताको नभइ नीतिको पछि लाग्न पनि आग्रह गरे ।

कार्यक्रममा अर्का अध्यक्ष पशुपति समशेर जबराले कम्युनिष्ट सरकारलाई विस्थापित गरेर आएको नयाँ गठबन्धनले २ महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको बताए । उनले नेपालका ठूला पार्टी नमूना भएको भन्दै यसबाट नेपाली नागरिकले मुक्ति खोजेको बताए ।

अध्यक्ष जबराले पार्टीको महाधिवेशनबाट इमान र धर्म भएको नेतृत्व आउने र त्यसले सरकार चलाउने दाबी पनि गरे । राप्रपाले नयाँ विधान अनुसार कार्तिक २७ गतेदेखि काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।