विप्लवले भने- ‘एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ’

विप्लवले भने- ‘एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ’



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा लागू हुन नदिने बताएका छन् ।

सोमबार खुलामञ्चमा आयोजित विरोध सभामा सम्बोधन गर्दै विप्लवले भने, ‘यो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा छ ।’ अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको उनको भनाई छ ।

विप्लवले नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको पनि बताए ।

उनले भने, ‘आज त हामी एउटा सानो झिल्को बोकेर काठमाडौंमा उत्रिएका छौं । यदि एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ ।’