विनियोजन विधेयक स्वीकृत, प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित

विनियोजन विधेयक स्वीकृत, प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित



काठमाडौँ । एमाले सांसद्हरूको अवरोधका बीच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागि समय दिएका थिए । सभामुखले दिएको समयमा नेमकिपाका सांसद् प्रेम सुवालले भाग लिएपछि अर्थमन्त्री शर्माले जबाफ दिएका थिए । जबाफलगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरे । बहुमत सांसद्ले विधेयकको पक्षमा स्वर दिएपछि सभामुखले विधेयक पारित भएको घोषणा गरे । विधेयक पारित भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो । मंगलबारको बैठकमा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक स्थगित गरिएको छ ।