हाँस्दै र नाच्दै पार्टीको काममा लाग्नुस्ः ओली

हाँस्दै र नाच्दै पार्टीको काममा लाग्नुस्ः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले केही काम गर्न नसकेको आरोप लगाए ।

बुटवलमा भएको सभामा एमाले अध्यक्ष ओलीले विगतमा संकटको बेलामा आफूले राम्रो काम गरेको तर अहिले देउवा सरकारले ती राम्रा कामलाई उल्टाउन लागि परेको आरोप लगाए ।

एमाले कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले पार्टी विभाजन भयो भनेर दुखी नहुन आग्रह गरे । उनले हाँस्दै र नाच्दै पार्टीको काममा लाग्न निर्देशन दिए ।

त्यस्तै ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाले पार्टी फुटाएर अपराध गरेको बताए । नयाँ पार्टी गठन गरेका नेपाललाई आफूले कमरेड भन्न पनि नसक्ने ओलीले बताए ।