शशांक भन्छन– ‘डडेल्धुरामा पुनः अधिवेशनको सम्भावना छैन’

शशांक भन्छन– ‘डडेल्धुरामा पुनः अधिवेशनको सम्भावना छैन’



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुरामा पुनः अधिवेशनको सम्भावना नभएको बताएका छन्। डडेल्धुरा पार्टी सभापति शेरवहादुर देउवाको गृहजिल्ला हो । संस्थापनइतरका प्रायः नेताले यसलाई महाधिवेशनको ठूलो मसला बनाइरहेको बेला महामन्त्री डा. कोइरालाले यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

डडेल्धुरामा प्रहरीको घेरामा अधिवेशन भएको भन्दै यसमा पुनः अधिवेशन गर्न माग गर्दै केन्द्रीय निर्वाचन समितिसँग कांग्रेस नेताहरूले भेटेका थिए। समितिसँगको भेटपछि महामन्त्री कोइरालाले यस्तो अभिब्यक्ति दिएका हुन। उनले भनेका छन– ‘हामीले डडेल्धुरामा मनपरी भयो भनेर निर्वाचन समितिको ध्यानाकर्षण गरायौं । निर्वाचन समितिले पनि केही कमजोरी स्वीकार गर्‍यो तर पुनः अधिवेशन हुने सम्भावना म देख्दिनँ ।

उनले प्रहरी प्रशासन लगाएर बलपूर्वक वडा अधिवेशन गरिएको भए पनि पुनः अधिवेशन गराउने विषय सहज नभएको बताए ।