बागमति प्रदेशमा कांग्रेसको सरकार बन्ने

बागमति प्रदेशमा कांग्रेसको सरकार बन्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको बागमति प्रदेश सरकार स्पष्ट अल्पमतमा परेपछि विपक्षी गठबन्धनले नयाँ सरकार गठनको पहल गरेको छ।

त्यसका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेसम्मको तयारीमा भएको छ। तर, अविश्वास प्रस्ताव कहिले ल्याउने र नयाँ सरकार निर्माणको पहल कसरी अघि बढाउने भन्नेबारे गठबन्धनबीच कुनै छलफल भएको छैन ।

बागमति प्रदेशमा कांग्रेस र एकीकृत समाजवादी दुवैले आफ्नो मुख्मयन्त्री हुनुपर्ने दाबी गरिरहेका छन्। समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे र कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । प्रदेश १ मा समाजवादीलाई सहयोग गर्नुपर्छ भने बागमतिमा कांग्रेसलाई मुख्यमन्त्री छाड्नुपर्ने तर्क अघि सारिएको छ ।

उनीहरुबीच यही विषयमा निर्णयमा नपुग्दा मुख्यमन्त्री शाक्यविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कि नल्याउने, ल्याउने हो भने कहिले ल्याउने भन्नेबारे निर्णय हुनसकेको छैन।

केन्द्रमा गठबन्धनको सरकार बनेको ६५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेको अन्योलको अवस्था बागमतीको सत्ता गठबन्धनमा प्रष्ट देखिन्छ।