एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल

एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल



काठमाडौँ । सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् । संघदेखि सातै प्रदेशमा नेकपा (एस) सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ ।

उनले आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने बताए ।

“हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौँ । हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यहारले पुष्टि गर्नेछौँ । हामी यथार्थ कुरा गर्नेछौँ, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दै चल्दैनौँ,” नेपालले भने । नेता नेपालले नेपाली नमुनाको समाजवाद कस्तो हुनसक्छ भने र बौद्धिक छलफल गर्दै अघि बढ्ने बताए ।