कांग्रेस नेता बद्री पाण्डेलाई कार्यकर्ताले देखाए कालोझण्डा

कांग्रेस नेता बद्री पाण्डेलाई कार्यकर्ताले देखाए कालोझण्डा



धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेलाई कांग्रेसकै कार्यकर्ताले गृहजिल्ला बाजुरामा कालो झण्डा देखाएका छन् । शनिबार बाजुरामा जिल्लाका शीर्ष नेताको बैठक चलिरहेका बेला सभापति देउवा पक्षधर युवा र कार्यकताले कालो भण्डा देखाएका हुन् ।

केन्द्रीय सदस्य पाण्डेले क्रियाशील सदस्यता काटेको भन्दै नाराबाजीसहित उनीहरुले विरोध पनि गरेका छन् । त्रिवेणी नगरपालिका–४ का वडा सभापति जयबहादुर साँउदले नेता पाण्डेले बाजुराको त्रिवेणी नगरपालिका–१ देखि ९ वडा सम्मका कार्यकर्ताको क्रियाशील सदस्यताको नामावली काटिदिएकाले कालो झण्डा देखाएको बताएका छन् ।

त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले बाजुराबाट देउवा पक्षका क्रियाशील सदस्यता भएका व्यक्तिहरुको सूची केन्द्रीय सदस्य पाण्डेलाई पठाएको तर उनले काटिदिएको साँउदको भनाई छ ।