थप ४ वटा जिल्लाको कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान

थप ४ वटा जिल्लाको कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान



काठमाडौं । नेपाली कांग्रेसले थप ४ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरेको छ ।

विवाद समाधान समितिको आज बसेको बैठकले कैलाली, सुर्खेत, डोल्पा र बाँकेको विवाद समाधान गरेको केन्द्रीय सदस्य तथा विवाद समिति सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।
उनले प्रदेश नम्बर दुईको सर्लाहीको समेत विवाद समाधान अन्तिम चरणमा पुगेको र आजै सार्वजनिक हुने समेत जानकारी दिएका छन् ।

क्रियाशील सदस्यता विवाद रहेका अन्य जिल्लाको समेत असोज ५ गतेअघि विवाद समाधान गर्ने उनले जानकारी दिए । विवाद समाधान भएका जिल्लाको विवरण कांग्रेसको निर्वाचन समितिलाई दिएपछि सार्वजनिक गर्ने उनले बताए ।