नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै

नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बस्न लागेको हो ।

आजको स्थायी कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्ने विधान संशोधन प्रस्ताव, संगठनसम्बन्धी प्रतिवेदन र राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

नेकपा एमालेको विधान महाधिवेशन असोज १५, १६ र १७ गते आयोजना हुँदैछ। एमालेले अहिले त्यसैको तयारीका कामहरु गरिरहेको छ ।

मतदान गर्न

बाँकी