आचार्यद्वारा गृहजिल्लाबाटै एनआएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

आचार्यद्वारा गृहजिल्लाबाटै एनआएनएको अध्यक्षमा उम्मेदवारी घोषणा



पर्वत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अध्यक्षमा पर्वतका कुल आचार्यले आइतबार उम्मेदवारी घोषणा गरेका छन् ।
गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबजारमा पत्रकार सम्मेलनको आयोजना गरी आचार्यले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एनआरएनएको दशौ सम्मेलन आगामी २० अक्टोवर अर्थात आगामी कार्तिक ३ गतेदेखि आयोजना हुनेछ ।

अघिल्लो निर्वाचनमा कुमार पन्तसँग झिनो मतान्तरले पराजित भएका आचार्यले यसपटक राम्रो तयारीका साथ उमेदवारी दिन लागेको बताए । ‘अघिल्लो पटक भन्दा थप तयारी र शसक्त रुपमा उम्मेदवारी दिन लागेको छु’ उनले भने ‘औपचारिक उम्मेदवारी घोषणा भने राजधानीमा विशेष समारोहका विच गर्नेछु’ । गैरआवासीय नेपालीहरुको हक हितलाई सुनिश्चित गर्नका लागि आफु अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको उनको भनाई छ ।

आचार्यले पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने सर्वोच्च प्राथमिकता दिने बताए । त्यसैगरी म्यान्मार, थाईल्याण्ड लगायत मुलुकमा बसोवास गरिरहेका नेपाली मुलका नागरिकहरुलाई पिपुल अफु नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन प्रयास गर्ने, संघका पुजिकृत सदस्यहरुको संख्या ५ लाख पु-याउने, राष्ट्रिय समन्वय परिषद एनसीसी हरुको संख्या १ सय पु-याउने उनको कार्ययोजना रहेको छ । नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा एनआएनए सीप विकास केन्द्र स्थापना गरिने, कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि एक एनआएनए एक रोजगार अभियान शुरु गर्ने कार्ययोजना समेत आचार्यले बनाए ।

गैरआवासीय नेपाली र नेपालमा रहेका उनीहरुका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलव्ध गराउन विभिन्न स्वास्थ्य संंस्थाहरुसँग सम्झौता गर्ने, विदेशमा हुर्किरहेका बलबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोवाई एप निर्माण गरी अनलाईन कक्षाहरु संचालन गर्ने, एनआरएनए खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने उनका प्रतिवद्धता रहेका छन् ।एनआरएनएमा आचार्यसँग वर्तमान उपाध्यक्षय बद्री केसी पनि प्रतिष्पर्धामा छन् ।

पर्वतको जलजला गाउँपालिकामा २०२९ सालमा जन्मेएका आचार्य एनआरएनएका विभिन्न पदमा रहेर काम गरिसकेका छन् । अहिले सो संस्थाका सल्लाहाकार समेत हुनुहुन्छ । आफु सानो जिल्लावाट दुःख गरि गरि अहिले यो स्थानमा पुगेको भन्दै सवै पक्षवाट सहयोगको अपेक्षा गरेको समेत उनको भनाई छ ।