प्रतिनिधिसभाबाट बजेट पारित, बैठक ७ असोजसम्म स्थगित

प्रतिनिधिसभाबाट बजेट पारित, बैठक ७ असोजसम्म स्थगित



काठमाडौं । नेकपा एकालेका सांसदहरुको नाराबाजीसहितको विरोधका बीच प्रतिनिधिसभाबाट बजेट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित गरियोस भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो ।

बजेट पारित भएसँगै प्रतिनिधिसभाको बैठक असोज ७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् ।

बजेट पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिस्थापन विधेयक प्रमाणिकरण गर्नुपर्ने छ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो ।