राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

राजदूत फिर्ता बोलाउने सरकारको निर्णय



काठमाडौँ । सरकारले राजनीतिक रूपमा नियुक्त सबै देशका राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा नियुक्त सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिएको छ ।

सरकारको यो निर्णयसँगै अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्यसचिवसमेत रहेका लोकदर्शन रेग्मी लगायत अन्य देशहरूमा नियुक्त भएका सबै राजदूतहरु फिर्ता हुनेछन् ।