डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त, शपथ लगत्तै न्यूयोर्क जाने

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त, शपथ लगत्तै न्यूयोर्क जाने



काठमाडौँ । परराष्ट्रमन्त्रीमा काँग्रेस नेता डा.नारायण खड्का नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन् । खड्काको राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रम हुनेछ। परराष्ट्रमन्त्री खड्का आजै अमेरिकाको न्युयोर्क जाने तयारीमा छन्। सत्तारुढ गठबन्धनको हिजो(मंगलवार) को बैठकले खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको थियो।

संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिन मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गर्ने छन् । डा. खड्काले महासभालाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने छन् । परराष्ट्र मन्त्री नहुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि बिग्रिने चिन्ता थियो । साथै संयुक्त राष्ट्रसङ्घको महासभामा को सहभागी हुने भन्ने पनि अन्यौल थियो । प्रधानमन्त्री बनेको झण्डै दुई महिनापछि देउवाले डा.खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन्।