माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ । बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको हो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।

त्यही अनुसार कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठक आज बस्दै छ । गत असार २९ गते सरकारको नेतृत्व सम्हालेका कांग्रेस सभापति देउवाले २० दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।