कांग्रेस महाधिवेशनः दसैंअघि पालिका र वडाको निर्वाचन सम्पन्न गर्ने

कांग्रेस महाधिवेशनः दसैंअघि पालिका र वडाको निर्वाचन सम्पन्न गर्ने



काठमाडौं । नेपाली कांग्रेसको १४ औंं महाधिवेशनको कार्यातालिका हेरफेर भएको छ । आज बसेको पदाधिकारी बैठकले अधिवेशनको कार्यातालिका हेरफेर गरेको हो । अब दसैंअघि पालिका र वडाको अधिवेशन सम्पन्न गर्ने गरी कांग्रेसले तयारी गरेको छ ।

यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचन गर्ने कार्यातालिका थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँअघि सबै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रका अधिवेशन पनि दसैँपछि नै हुने भएको छ ।