सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो, भोलि पुनः बस्ने

सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो, भोलि पुनः बस्ने



काठमाडौँ । मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बेलुकी बसेको बैठक बिना कुनै निष्कर्ष सकिएको हो ।

बैठकमा सहभागी एक नेताले आजको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बताए । ती नेताका अनुसार भोलि पुनः बस्ने भनेर नेताहरु उठेका छन् ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरु उपस्थित भएका थिए ।