नेकपा (एस)को महासचिवमा डा. बेदुराम भुसाल

नेकपा (एस)को महासचिवमा डा. बेदुराम भुसाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको एक नेताले जानकारी दिए । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।

त्यसैगरी एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा‍ बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।

सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठको नाम टुंगो लागेको छ । नेकपा एसको अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल छन् ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।