सर्लाहीका कांग्रेस नेताको झगडा सानेपामा छताछुल्ल

सर्लाहीका कांग्रेस नेताको झगडा सानेपामा छताछुल्ल



काठमाडौं। नेपाली कांग्रेस सर्लाहीको क्रियाशील सदस्यता विवाद पार्टी मुख्यालय सानेपामा छताछुल्ल भएको छ । कांग्रेस सर्लाहीमा अमेरशकुमार सिंह र प्रदेश मन्त्री वीरेन्द्र सिंहबीच इगोको लडाइँ चलेको छ । लामो समयदेखि कांग्रेस सर्लाहीको क्रियाशील विवाद टुंगो लाग्न नसकेको भन्दै धर्ना कार्यक्रम जारी छ ।

यसैक्रममा मंगलबार दिउँसो प्रदेश २ का मन्त्री वीरेन्द्रप्रसाद सिंहले बरहथवा नगरपालिका-४ का वडाध्यक्ष लखिन्द्र महतोमाथि कुटपिट गरेको भन्दै अमरेश सिंह पक्षले धर्ना सुरु गरेको छ ।

कुटपिटको विरोधमा कांग्रेस केन्द्रीय कार्यलयमा आयजित धर्नामा कांग्रेस नेता डा.शेखर कोइरालाले समेत ऐक्यबद्धता जनाएका छन् । बिहीबार दिउँसो सानेपा पुगेर कोइरालाले ऐक्यबद्धता जनाएका हुन् । अमरेश कोइराला समूह र वीरेन्द्र सिंह विमलेन्द्र निधि समूहमा छन् ।