आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित

आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित



काठमाडौं । राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको दोश्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विधेयकहरू माथि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गरेका थिए ।

बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटाको कार्यशैलीमाथि प्रश्न उठाउदै एमालेका सांसदहरुले बिरोध गरेका थिए । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले महत्वपूर्ण बिधेयकहरु अघि बढाउनुपर्ने भएकाले सहयोग गर्न आग्रह गरेका थिए ।

त्यसअघि शुक्रबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको थियो । बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का सांसदले उभिएर विरोध जनाएकाले अध्यक्ष तिमिल्सिनाले सांसद खिमलाल भट्टराईलाई बोल्न समय दिएका थिए । उनले आफूहरुको विरोध कायमै रहेकाले बैठकको कामकारबाही अगाडि नबढाउन आग्रह गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक असोज ११ गते बोलाइएको छ ।