कांग्रेसले ६४ जिल्लामा भोलिदेखि पालिका अधिवेशन गर्ने निर्णय

कांग्रेसले ६४ जिल्लामा भोलिदेखि पालिका अधिवेशन गर्ने निर्णय



काठमाडौं । नेपाली कांग्रेसले असोज ९ गतेदेखि पालिका अधिवेशनलाई अघि बढाउने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असोज ९ गते ६४ जिल्लामा पालिका अधिवेशन गर्ने र अन्य जिल्लामा पालिका अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।

क्रियाशील सदस्यतामा विवाद देखिएका १३ जिल्लाको सदस्यता टुंगो लगाउने र अधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै, बैठकले हिमाली जिल्लाको अधिवेशन नियमित तालिका अनुसार गर्ने र केही जिल्लामा दसैँअघि पालिका अधिवेशनमात्रै गर्ने निर्णय भएको शर्माले बताए । उनले छिट्टै पार्टीको केन्द्रीय समिति बैठक बस्ने र कार्यतालिका अनुमोदन गर्ने जानकारी दिए ।

प्रवक्ता शर्माले १४ औं महाविधेशनको प्रक्रिया सहमतिपूर्वक अघि बढिरहेको दाबी गरे । उनले अधिवेशनको प्रक्रियामा उत्साहपूर्वक लाग्न पनि आग्रह गरिएको बताए । प्रवक्ता शर्माले महाधिवेशनको मिति सार्ने विषयमा कुनै छलफल नभएको जानकारी दिए ।