काँग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छानौँ : थापा

काँग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छानौँ : थापा



काठमाडौँ । गगन थापाले काँग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोट गर्ने अपेक्षासहित अधिवेशन सफलताको कामना गरेका छन् । काँग्रेसले शनिबार स्थानीय तहको अधिवेशन गर्दै छ ।

नेता थापाले ट्विट गर्दै सङ्घीय संरचनामा स्थानीय तहको विकास, पार्टी सङ्गठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणका लागि काबिल नेतृत्व छनौट हुने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाली काँग्रेसको स्थानीय तहका लागि नेतृत्व छनोट गर्न गाउँ र नगरपालिकाको अधिवेशन आजबाट प्रारम्भ हुदैछ । सङ्घीय संरचनामा स्थानीय तहको विकास, पार्टी सङ्गठन सबलीकरणसँगै पार्टी पुनर्निर्माणको लागि काबिल नेतृत्व छनोट हुनेछ भन्ने विश्वाससहित अधिवेशनको सफलताको कामना गर्दछु,’ थापाले भनेका छन् ।