पार्टी सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेता प्रकाशमान सिंहको घोषणा

पार्टी सभापतिमा उम्मेदवारी दिने कांग्रेस नेता प्रकाशमान सिंहको घोषणा



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले आज काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिए ।

उनले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको पनि पटक पटक दोहो-याए । नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अव सभापति भएर काम गर्न चाहेको बताए ।

उनले भने ‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन है । मैले भने सबै नेताहरुलाई हामी सम्मान गछौं । त्याग, तपस्या, कुर्वानी उहाँहरुले डेमोक्रेसी ल्याउनका लागि गर्नु भएको छ । त्यसप्रति सम्मान छ । तर अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिङ्ग अवस्था छ । यदि हामीले यो लथालिंग अवस्थामा१४ औं महाधिवेशनमा पनि ठिक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौ भने यो पार्टी प्रजापरिषदको बाटोमा जान धेरै दिन लाग्दैन है । त्यही कारणले गर्दाखेरी मैले अनुभव बोकेको छु, देखेको छु । पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि चाँही ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ भन्ने मैले आफ्नो अनुभवबाट कन्क्लूजन ड्र गरेर अब चाहिँ ‘नम्बर वान म्यान’ भएर नेपाली कांग्रेस पार्टीलाई संस्थागत गर्छु भनेर लागि रहेको छु ।’

मतदान गर्न

बाँकी