एमाले बैठक: एमसीसीबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने केन्द्रीय विभागको निष्कर्ष

एमाले बैठक: एमसीसीबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने केन्द्रीय विभागको निष्कर्ष



काठमाडौं । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा अमेरिकी सहयोगको परियोजना मिलिनियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने बताएका छन् ।

विभिन्न १० समूहका नेताहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा केन्द्रीय विभागको तर्फबाट उक्त विषयमा स्पष्ट धारणा आउनुपर्ने माग उठाइएको हो ।

एमसीसीबारे पार्टीको स्पष्ट धारणा आउनुपर्ने केन्द्रीय विभागको तर्फबाट खगराज अधिकारीले बताए । उनले पार्टीको सम्पूर्ण शक्तिलाई एकताका साथ अघि बढाउनुपर्ने बताए । ‘अब एकताका साथ अगाडि बढ्नुपर्छ, जे जस्ता समस्या छन् त्यसलाई हल गरेर अगाडि जानुपर्छ। विवादले शक्ति क्षिण हुनु हुँदैन’ उनले भने । बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ ।